नील-परीको प्रेम

नील-परीको प्रेम

अन्तर्मनले महसुस गर्ने तिलिचो तालको सौन्दर्य (तस्वीरहरू)
Facebook
X
Email
Telegram

नील र परी खुशीमा रमाउँदै तालको बीचतिर पुगे। एकान्तमा ठुँड ठुँड जोडे। घाँटी बेरे। मधुर स्वरमा गुनगुनाए। शरीर थरर्र हल्लाउँदै परी दायाँ–बायाँ गर्दै भागे झैं गरी। नील पछि पछि लाग्यो। परीलाई भेट्टाएपछि नीलले असी सेन्टिमिटर लामा पखेटा उचालेर अधीर बन्दै चपक्क च्याप्यो। परी नीलको काखमा लुटुपुटु भई।

“आहा ! स्वर्ग पो रहेछ। कति थरीका चराहरू हुन् ? तालमा चरा बसेको हेर्दा त आकाशको इन्द्रेनी भुईंमा झरे जस्तो”, डिलमा उभिएका पर्यटकहरू आपसमा कुरा गर्दैथिए।

५० वर्ष अगाडि नेपालको कपिलवस्तु जिल्लामा हाँस डुलाउन खनिएको जगदीशपुर ताल। झण्डै १६० हेक्टर क्षेत्रफलको ३ वर्गकिलोमिटरमा फैलिएको मानव निर्मित ताल रामसारको सिमसारमा सूचीकृत छ। तालको बाहिरपट्टि डिलमा बकाइना, जखरण्ड, नीलमोहर, खयर, सिसौका रूखहरू र भित्रपट्टि करवीर, पारिजात, वेगनवेली, लेगेस्ट्रोमिया (असारे फूल) फूलका रूखहरू थिए। सङ्लो पानी। न चिसो, न नातो, तालको हावापानी।

वर्षेनि तालमा नौला नौला चराहरू देखिन्थे। रैथाने र बसाइली रङ्गीविरङ्गी चराहरूको जमघटले ताल रङ्गीन देखिन्थ्यो। नेपालदेखि झण्डै ६ हजार किलोमिटर टाढा जापानको कुरिल द्वीप समूहबाट आएका साकावा र रुवा, अलस्काबाट आएका म्याक्स र लोला तथा साइवेरियाबाट आएका ३०–३१ थरीका हाँस र चराका बथान हुन्थे। रङ्गीविरङ्गी चराहरूको जलक्रीडा, भुर्र भुर्र गर्दै डाली डालीमा उडेको, उड्दै माथि पुग्ने र तल झर्ने, उडेर फनक्क घुमेको र उही ठाउँमा आएर बसेको, हिंड्दै चारा टिपेको र पौडी खेलेका दृश्यहरू अनुपम देखिन्थे। चराको चिरबिरको मधुर संगीत अद्भुत मनमोहक हुन्थ्यो। तालको डिलमा उभिएर चराक्रीडा हेर्दा पर्यटकहरू मदमस्त हुन्थे। चराहरूको सुन्दर फोटो खिच्नेहरूको होडबाजी नै चल्दथ्यो।

फुर्के हाँस वर्गकी परी, बदामी खैरो चिल्ला प्वाँख, छोटो पुच्छर, कालो चुच्चो, पहेंलो र सेतो मिसिएका खुट्टा हेर्दा ऊ सुन्दरी प्रतियोगितामा भाग लिन आए जस्तो देखिन्थी। परी आफ्ना बाबुआमा लिना र जेभसँग झण्डै ४ हजार किलोमिटर टाढा रहेको साइवेरियाको वैकाल तालदेखि घुम्न आएकी थिई।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »