हात्ती तथा पर्यटन महोत्सवको तयारी तिव्र, चर्चित कलाकारहरुले दर्शक झुमाउने

हात्ती तथा पर्यटन महोत्सवको तयारी तिव्र, चर्चित कलाकारहरुले दर्शक झुमाउने

अन्तर्मनले महसुस गर्ने तिलिचो तालको सौन्दर्य (तस्वीरहरू)
Facebook
X
Email
Telegram

५ पौष, रत्ननगर ।
पर्यटकिय नगरी सौराहामा आगामी पौष ११ देखी १५ गते सम्म आयोजना हुने १८ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । बाघमारा चौरमा आयोजना हुने सो महोत्सवमा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती दिने छन् । कार्यक्रममा ११ गते गायिका ऋतु कंडेल र चर्चित वरिष्ठ हास्य कलाकार सन्तोष पन्त, १२ गते चर्चित लोक तथा दोहोरी गायक लोक सम्राट राजु परियार, १३ गते चर्चित गायिका अन्नु चौधरी, १४ गते चर्चित हास्य कलाकार मनोज गजुरेलको प्रस्तुती रहने हात्ती खेलकुद प्रतियोगिता साथै सांस्कृतिक कार्यक्रम तथा कलाकार व्यवस्थापन समितिका संयोजक ऋषिराम तिवारीले जानकारी दिनुभएको छ । महोत्सव अन्तर्गत स्थानिय कलाकारहरु नेत्रजी पन्त, सिता कंडेल , प्रतक्ष्य दोहोरी, रत्ननगर कला मन्दिर साथै व्याण्डको समेत प्रस्तुती रहने छ ।

महोत्सव अन्तर्गत विविध जातजातिका झाँकी, कृषि प्रवर्द्धन, हात्ती बनभोज, हात्ती सुन्दरी प्रतियोगिता, अन्तरक्रिया कार्यक्रम, डुंगा दौड, अन्तर विद्यालय चित्रकला प्रतियोगिता साथै हात्तीमैत्री विविध खेलहरुको आयोजना हुने समेत आयोजकको भनाई छ ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »