सशस्त्र प्रहरीको गाडीबाट स्थानीयले मल खोसे

सशस्त्र प्रहरीको गाडीबाट स्थानीयले मल खोसे

आर्थिक सुधार प्रतिवेदन कार्यान्वयन गर्न ४०८ बुँदे कार्ययोजना
Facebook
X
Email
Telegram

कपिलवस्तु, जेठ ९ गते । भन्सार र सशस्त्र प्रहरीको संयुक्त टोलीले भारतीय मल पक्राउ गरेको थाहा पाएपछि स्थानीयले मल नियन्त्रणमा लिएर मलको बोरा काट्दै बाटोमा छरेका छन् ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका –८, बहादुरगन्जमा सशस्त्र प्रहरीले समातेको अवैध भारतीय मल स्थानीयले खोसेर बाटोमा छरेका हुन् । शुक्रवार दिउँसो ४ बजे सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको ३२ बोरा मल स्थानीयको भिडले लुटपाट गर्दै नष्ट गरेको बताइएको छ । 

सशस्त्र प्रहरी बल २८ नम्बर गणका गणपति, सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसीका अनुसार मल तस्करीको सूचना पाएपछि सशस्त्र प्रहरी अस्थायी गुल्म कृष्णनगर र भन्सार कार्यालयको टोली संयुक्त रूपमा खटिएको थियो । टोलीले स्थानीय अरवाज खाँको टहरोमा लुकाइएको भारतीय युरिया मल बरामद गरेको थियो । 

मल पक्राउ गरिएको खबर फैलिएपछि स्थानीय कृषकहरू भनिने समूह घटना स्थलमा जम्मा भएका थिए । ‘हाम्रो मल’ भन्दै सशस्त्र प्रहरीको गाडीलाई घेराबन्दी गर्दै मल नियन्त्रणमा लिएका थिए । मलका बोरा काटेर बाटोमा छरेको सशस्त्र प्रहरी नायब उपरीक्षक अरुण सिंहले जानकारी दिनुभयो । प्रहरी र स्थानीयविच केहीबेर विवाद भएको उहाँको भनाइ छ । 

कपिलवस्तुमा युरिया मलको अभाव देखिएको छ । खेतीपातीको मुख्य सिजन सुरु भएसँगै किसानहरू भारतीय मलमा भर पर्न बाध्य छन् । यही अवस्थाको फाइदा उठाउँदै केही समूहले कृषक भन्दै भारतीय मलको तस्करी गरी महँगोमा बेच्ने गरेको प्रहरीको भनाइ छ । 

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »