सरला शर्माको “उसैले जन्माएको छोरो” लघुकथा संग्रहको परिचर्चा तथा सार्वजनिकीकरण

सरला शर्माको “उसैले जन्माएको छोरो” लघुकथा संग्रहको परिचर्चा तथा सार्वजनिकीकरण

अख्तियारमा कार्यरत डीआईजी श्रेष्ठको सरुवा
Facebook
X
Email
Telegram

रत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं १ सौराहाचोक निवासी सरला शर्माको पहिलो कृति “उसैले जन्माएको छोरो” लघुकथा संग्रह सार्वजनिक भएको छ । शनिबार आयोजित कार्यक्रममा कवि तथा साहित्यकारहरु रामबाबु घिमिरे, एलबी क्षेत्री, प्रेम रिमाल, भूपिन खड्का, सामना पहाड र पूर्ण रिजालले कृति सार्वजनिक गरेका हुन् ।

भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको पुस्तकमा ५९ वटा लघुकथा छन् । कथासंग्रहमा नेपाली समाजको चित्रण, वैदेशिक रोजगारीको पीडा, नारी बेदना, विभेद, सामाजिक विकृति, जीवबस्तु प्रतिको प्रेम लगायतलाई उतारिएको छ । कृतिमाथि बोल्दै कवि तथा निबन्धकार भूपिन खड्काले शर्माको कथा संग्रहहरू छोटोमा पढ्न सकिने र जीवनभर तरङ्गित गरिरहने खालका भएको बताए । नारी वेदनालाई एैना जस्तै गरी देखाइएको छ उनले भने समाज र विभेदलाई संग्रहमा उत्तारिएको छ । त्यसैगरी साहित्यकार सामना पहाडले संग्रहमा मातृवात्सल्यका कथाहरू धेरै भएको बताइन् । कथाकार गृहिणी हुनुहुन्छ उनले भनिन् परिवारदेखि सरकारसम्मका कथाहरू संग्रहमा जोडिएका छन् । कथामा प्रकृति छ, पर्यावरण छ, कुशासन छ, पहाडले भनिन् गृहिणी र गैरगृहिणीका कथाव्यथाले कथाको बनोट बनाएको छ । कथाहरू चोटिला छन् ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »