रत्ननगर-९ मा घटना दर्ता सचेतना
Facebook
X
Email
Telegram
रत्ननगर, जेठ ८ ।
रत्ननगर नगरपालिकाले व्यक्तिगत घटना दर्तालाई शतप्रतिशत सुनिश्चित गर्ने लक्ष्यका साथ विपन्न र सीमान्तकृत समुदायलाई लक्षित गरी ‘टोल टोलमा घटना दर्ता सचेतना अभियान’ लाई तीव्रता दिएको छ। जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेदजस्ता महत्त्वपूर्ण व्यक्तिगत घटनाहरूको दर्ता प्रक्रियालाई सहज र पहुँचयोग्य बनाउने उद्देश्यले सञ्चालित यो अभियान हाल वडा नम्बर ९ मा पुगेको छ। वडा नम्बर १४ बाट सुरु भएको यो अभियान वडा नम्बर १५ र ११ हुँदै बिहीबार वडा नम्बर ९ को दोभान टोल र पशु हाटबजार टोलमा सञ्चालन गरिएको हो।






