मानव अधिकार र जलवायु परिवर्तनको प्रभाव बारे भरतपुरमा अन्तरक्रिया

मानव अधिकार र जलवायु परिवर्तनको प्रभाव बारे भरतपुरमा अन्तरक्रिया

शारीरिक समस्या अनुसारको योग प्रशिक्षण र निःशुल्क शक्तिवर्धक औषधी वितरण
Facebook
X
Email
Telegram

२६ बैशाख, भरतपुर ।

सीमान्तकृत आदिवासी समुदायहरूमा जलवायु परिवर्तनको गम्भीर नकारात्मक प्रभाव परेको भन्दै आज भरतपुरमा अन्तरक्रिया गरिएको छ । सीमान्तकृत आदिवासी समुदायको मानव अधिकारको अवस्था समेत नाजुक रहेको विषयमामा अन्तरक्रिया केन्द्रित थियो ।

कार्यक्रममा गैसस महासंघ चितवनका कोषाध्यक्ष जनक कार्कीले कायक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नेपालमा जलवायु परिवर्तनको अवस्था गम्भीर बन्दै गएको, हिमाली, पहाडी र तराई क्षेत्र वोवास गर्ने सीमान्तकृत समुदायहरूमा यसको नकारात्मक प्रभाव पर्न थालेको भन्दै स्थानीय सीमान्तकृत आदिवासी समुदायहरूको जीविकोपार्जनमा प्रत्यक्ष असर पारेको बताउनु भयो । कार्यक्रमहरूले सीमान्तकृत समुदायका आवाजलाई उजागर गर्दै नीति निर्माणमा समावेशीता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने उँहाको भनाई थियो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले हामी बसोवास गर्ने पृथ्वीलाई स्वस्थ, हराभरा सुन्दर राख्नु पर्ने बताउनु भयो । प्रकतिक सम्पदा संग नजिक रहने समुदायहरू जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित हुनेहरूमा पर्ने भन्दै सरकारले सीमान्तकृत तथा अदिवासी समुदायलाई नीति निर्माण प्रकृयामा सहभागीता गराउनु पर्नेमा उँहाले जोड दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय चितवनका सहायक सिडियो चूडामणि गौतमले सीमान्तकृत बर्गहरुलाई लक्षित गरेर जलवायु परिवर्तन र यसले पारेको प्रभाबको बारेमा स्वयम् लक्षित बर्गहरुको सहभागीतामा कार्यक्रम गर्नु महत्व पुर्ण रहेको बताउनुभयो ।

साप नेपाल र डेक नेपालको सहयोगमा गैर सरकारी संस्था महासंघ चितवनले आयोजना गरेको कार्यक्रमलाई गैर सरकारी संस्था महासंघ चितवनका सचिव रामचन्द्र आचार्यले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रम संस्थाकी अध्यक्ष पार्वती घिमिरे दवाडीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्लाभर बाट ३० जनाको सहभागीता थियो ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »