प्रेस युनियनले साताव्यापी रूपमा स्थापना दिवस मनाउने

प्रेस युनियनले साताव्यापी रूपमा स्थापना दिवस मनाउने

अख्तियारमा कार्यरत डीआईजी श्रेष्ठको सरुवा
Facebook
X
Email
Telegram

काठमाडौं, जेठ १० गते । नेपाल प्रेस युनियनले विविध कार्यक्रमको आयोजना गरी साताव्यापी रूपमा स्थापना दिवस मनाउने भएको छ । 

प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको सचिवालय बैठकले ३४ औं स्थापना दिवस जेठ १२ देखि १९ गतेसम्म सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको छ । 

स्थापना दिवसका अवसरमा पत्रकारको स्वास्थ्य परीक्षण, रक्तदान कार्यक्रम, लोकतन्त्रमा प्रेसको भूमिका विषयक विचार गोष्ठी, स्थापना दिवसको दिन दीप प्रज्वलन, अस्पतालका बिरामीलाई फलफूल वितरण, पुरस्कार वितरण, पत्रकार तथा अन्य सरोकारवालासँग मैत्रीपूर्ण खेलकुदलगायत कार्यक्रम आयोजना गर्न शाखाहरुलाई निर्देशन दिएको प्रेस युनियनका महासचिव दिलीप पौडेलले बताए । ‘प्रदेश र सबै शाखाहरुमा विभिन्न कार्यक्रम आयोजना गर्न निर्देशन दिइएको छ,’ महासचिव पौडेलले भन्नुभयो,‘‘साताव्यापी रूपमा विभिन्न कार्यक्रम आयोजना गरेर स्थापना दिवस मनाउने तयारीमा जुटेका छौं ।’’

लोकतन्त्रप्रति आस्था राख्ने श्रमजीवी पत्रकारहरूको छाता संस्था नेपाल प्रेस युनियनको स्थापना २०४८ जेठ १३ भएको थियो । प्रेस युनियनले पत्रकारको हक, हित, पेसागत सुरक्षा, ट्रेड युनियन अधिकार, पत्रकारको क्षमता विकास, प्रेस मैत्री कानुन निर्माण, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, सञ्चार संस्थाको सवलीकरण तथा सुदृढीकरणका लागि नीतिगत पहल लगायतका लागि काम गर्दै आएको छ । युनियनले वैशाखको अन्तिम साता लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट पनि सम्पन्न गरेको छ ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »