एक साता बन्द इँवाखोलाबाट विद्युत उत्पादन सुरु

एक साता बन्द इँवाखोलाबाट विद्युत उत्पादन सुरु

ताप्लेजुङका ६ बहुवर्षे योजना स्वीकृत
Facebook
X
Email
Telegram

फुङलिङ, जेठ १० गते। ताप्लेजुङमा करिब एक सातादेखि बन्द रहेको इँवाखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन सुरु भएको छ।गत जेठ १ गते बिहीबार रातिदेखि बन्द रहेको आयोजनाको विद्युत उत्पादन पुन सुरु भएको हो। 

९.९ मेगावट क्षमताको आयोजनाको विद्युत उत्पादन बिहीबारबाट सुरु भएको रिडी पावर कम्पनी लिमिटेडका इन्चार्ज तारा चौधरीले बताउनुभयो।उहाँका अनुसार आयोजनाको विद्युत गृहमा रहेको विभिन्न उपकरणमा समस्या आएका कारण उत्पादन बन्द भएको थियो।

उपकरण मर्मतका लागि भारतबाट सामग्री झिकाएर जडान तथा मर्मतको कार्य सम्पन्न गर्नासाथ उत्पादन सुरु गरिएको कम्पनीले जनाएको छ।

गत वर्षको वर्षात याममा आयोजनामा बाढी पहिरोले क्षति गर्दा चार महिनासम्म उत्पादन ठप्प भएको थियो।बाढीले क्षति गरेको संरचना करोडौँ रकम खर्चेर सञ्चालनमा ल्याएको एक वर्ष नपुग्दै पुन पावर हाउसको उपकरणमा समस्या आउँदा करिब एक साता विद्युत उत्पादन ठप्प भएको थियो ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »