कर्णालीमा विकास बजेट कार्यान्वयन : चैतमा बढेको गति वैशाखमा खस्कियो
सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको १० महिनासम्ममा पुँजीगत बजेटको जम्मा २५ प्रतिशतमात्र खर्च गरेको छ । आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा प्रदेश सरकारसँग ७५ प्रतिशत पुँजीगत बजेट बाँकी छ ।
वैशाख महिनाभर प्रदेश सरकारले ४.५२ प्रतिशत अर्थात् ८५ करोड २ लाख ५८ हजार ५३६ रुपैयाँमात्रै विकास बजेट कार्यान्वयन गरेको छ । जबकि, चैतमा कुल विकास बजेटको ५.७५ प्रतिशत अर्थात् १ अर्ब ७ करोड ९९ लाख ३७ हजार १३५ रुपैयाँ कार्यान्वयन भएको थियो ।
कुन महिना कति बजेट खर्च ?
जेठ महिनामा विकास बजेट कार्यान्वयनको गति ह्वात्तै बढ्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्ष सरकारसँग वार्षिक विकास बजेट १८ अर्ब ७५ करोड ५१ लाख ६८ हजार रुपैयाँ छ ।
समाचार सारांश
- कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको १० महिनामा २५ प्रतिशत मात्र पुँजीगत बजेट खर्च गरेको छ। आर्थिक वर्ष सकिन २ महिना बाँकी रहँदा ७५ प्रतिशत बजेट खर्च हुन बाँकी छ।
- वैशाख महिनामा ४.५२ प्रतिशत विकास बजेट खर्च भएको छ, जबकि अघिल्लो महिना ५.७५ प्रतिशत खर्च भएको थियो। जेठ र असारमा ५०-६० प्रतिशत विकास बजेट कार्यान्वयन हुने अनुमान छ।
- भौतिक पूर्वाधार मन्त्रालयले सबैभन्दा बढी २७.६६ प्रतिशत बजेट खर्च गरेको छ, भने कानुन मन्त्रालयले सबैभन्दा कम ७.७७ प्रतिशत खर्च गरेको छ। चालु खर्च १८ प्रतिशतले बढेको छ।